PahiloPost

Apr 30, 2026 | १७ बैशाख २०८३

संगीत दिवसमा गायक सिताराम पोखरेल उपराष्ट्रपतिबाट सम्मानित



पहिलोपोस्ट

संगीत दिवसमा गायक सिताराम पोखरेल उपराष्ट्रपतिबाट सम्मानित

काठमाडौँ: गायक सिताराम पोखरेल विश्व संगीत दिवसमा आयोजित कार्यक्रममा उपराष्ट्रपति बाट सम्मानित भएका छन्l नेपाल सांगीतिक संघको आयोजनामा विश्वसंगीत दिवसको अवसरमा आयोजित कार्यक्रममा उपराष्ट्रपति नन्द बहादुर पुनले गायक सिताराम पोखरेललाइ सम्मान गरेका हुन्l

नेपाली कला, संस्कृति,साहित्य संगीत क्षेत्रमा प्रत्यक्ष रुपमा पुर्याएको योगदान तथा २०४४ साल देखि निरन्तर नेपाली सांगीतिक क्षेत्रमा लागि परेर नेपाली सांगीतलाई राष्ट्रिय तथा अन्तराष्ट्रिय क्षेत्रमा चिनाउन सफल भएकोमा सिताराम पोखरेललाइ सम्मान गरेको बताइयोl

'आँखाको नानि हौ तिमी' बोलको गीत गाएर चर्चामा आएका उनले दर्जनौ हिट गीत गाएका छन्।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell