PahiloPost

Jul 28, 2026 | १२ साउन २०८३

मन्त्रिपरिषद् बैठकः द्रुत मार्ग छिटो बनाउने सम्बन्धी कार्यविधि पारित



रासस

मन्त्रिपरिषद् बैठकः द्रुत मार्ग छिटो बनाउने सम्बन्धी कार्यविधि पारित

काठमाडौंः सरकारले काठमाडौँ–तराई/मधेस जोड्ने द्रुत मार्ग (फाष्ट ट्र्याक) छिटो बनाउने सम्बन्धी कार्यविधि पारित गरेको छ। 

प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा आज बसेको मन्त्रिपरिषद बैठकले कार्यविधि पारित गरेको अर्थमन्त्री एवं सरकारका प्रवक्ता ज्ञानेन्द्रबहादुर कार्कीले जानकारी दिए।

फाष्ट ट्र्याक सरकार आफैले बनाउने अघिल्लो सरकारको निर्णयबमोजिम नेपाली सेनालाई जिम्मा दिइएको थियो।  

यस्तै, बैठकले एसियाली विकास बैङ्कले सहरी विकासका लागि दिने १५० मिलियन अमेरिकी डलरको सहुलियत ऋण ग्रहण गर्नका लागि वार्ता गर्न अर्थ मन्त्रालयका सहसचिवको संयोजकत्वमा वार्ता समिति गठन गर्ने निर्णय गरेको छ। 

बैठकले स्वास्थ्य मन्त्रालयका सचिवमा डा किरण रेग्मीलाई बढुवा गर्ने निर्णय गरेको छ। रासस 
 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell