PahiloPost

Apr 30, 2026 | १७ बैशाख २०८३

धरौटी बुझाउन नसकेपछि मालपोतका सुब्बा जेल चलान 



पहिलोपोस्ट

धरौटी बुझाउन नसकेपछि मालपोतका सुब्बा जेल चलान 

झापाः अपहरण तथा सरकारी कागजात कीर्ते मुद्दामा दोषी ठहर भएका झापा जिल्ला मालपोत कार्यालयका सुब्बा टीकाराम लुइँटेललाई कारागार चलान गरिएको छ। 

अभियोग लागेपछि फरार रहेका लुइँटेल आज आफैं हाजिर भएपछि जिल्ला अदालतले ५० लाख धरौटी बुझाउन आदेश दिएको थियो।

अदालतले तोकेको धरौटी बुझाउन नसकेपछि उनलाई कारागार चलान गरिएको प्रहरीले जनाएको छ। गत माघमा शनिश्चरेका जीवन विष्टलाई अपहरण गरी बन्धक बनाएर कागजात कीर्ते गरेर करोडौँ रुपैयाँ मूल्यको जग्गा हडप्न खोजेको आरोपमा प्रहरीले १६ जनामाथि अनुसन्धान सुरु गरेको थियो।

पीडित विष्टको उजुरीका आधारमा प्रहरीले पक्राउ गरेका छ जनामध्ये चारजना जेल चलान भएका छन् भने दुईजना धरौटीमा रिहा भएका छन्।
 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell