PahiloPost

Jun 18, 2025 | ४ असार २०८२

यस्तो छ सलमान खानको ट्युबलाइटको कथा: प्रिभ्यु



पहिलोपोस्ट

यस्तो छ सलमान खानको ट्युबलाइटको कथा: प्रिभ्यु

बलिउड स्टर सलमान खान अभिनित फिल्म 'ट्युबलाइट'मा उनकै भाइ सोहेल खान पनि देखिएका छन्। फिल्म रमादानको अवसरमा शुक्रबारबाट प्रदर्शनमा आउँदैछ। ट्रेलरमा सलमान र उनको भाइ दुबैलाई गाउँका सरल युवाको रुपमा देखाइएको छ।

फस्टपोस्टले गरेको प्रिभ्यूका अनुसर सलमान खान लक्ष्मणको रुपमा देखिएका छन् भने सोहेल उनको दाइ भरतको रुपमा। जब भरत आर्मीमा भर्ती हुन्छ र फर्कदैन तब लक्ष्मणको दैनिकी फेरिन्छ। उ जसरी पनि आफ्नो दाइलाई खोज्ने होडमा लागि पर्छ। सलमानको यही होड पछि सिर्जना हुने घटना र अवस्थाहरु फिल्मको मुख्य विषय हो। लक्ष्मणलाई गाउँका बच्चाहरुले प्रेमपुर्वक 'ट्युबलाइट' सम्बोधन गर्ने हुन्छन्।

फिल्मको सुरुवातमा देखाइने पात्रको खुसी जिन्दगीको दृश्यहरुले दर्शक आकर्षित गर्छ। फिल्मको सुरुवाती प्लटले उत्कृष्ट पार्श्व संगीतका साथ लक्ष्मणको दैनिक जीवन बारे परिचय दिन्छ। ट्युबलाइटमा उनको परिचय पुराना फिल्महरुमा जस्तो छैन। यो फिल्मले लक्ष्मणको बाल्यकालदेखिको घटनालाई भावपूर्ण रुपमा जोड्दै अघि बढ्छ। उसको बाल्यकालसँग जोडिएको निकट पात्र हुन्छ भरत। लक्ष्मणको जन्म भएसँगै आमाबुबाको निधन हुन्छ जसका कारण यि दुई दाजुभाइ नै एकअर्काको साथी हुन्छन्। एकअर्काको साथ सहयोगमा हुर्कन्छन्। एकअर्कामा निर्भर हुन्छन्।

तर कथाले नयाँ मोड लिन्छ लामो समयको प्रयासपछि जब भरत आर्मीमा भर्ती हुन्छ।

किनकि भरत आर्मीमा जानुले लक्ष्मणलाई खुसी तर एक्लो बनाएको हुन्छ। लक्ष्मण झनै एक्लो हुन्छ किनकि भरत फर्कदैन। यही घटनापछि लक्ष्मणले गर्ने संघर्ष फिल्म हो।

फस्टपोस्टका अनुसार फिल्ममा प्रयोग भिजुअल इफेक्टक बलियो पक्ष हो। फिल्ममा सलमानलाई हिरोइक देखाइएको छैन। जसका कारण उनको अभिनय पनि फरक अनि राम्रो लाग्न सक्छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell