PahiloPost

Jun 22, 2026 | ८ असार २०८३

दाङमा नौसय ५४ महिला उम्मेदवार चुनावी मैदानमा



रासस

दाङमा नौसय ५४ महिला उम्मेदवार चुनावी मैदानमा

दाङः असार १४ गते हुन गइरहेको स्थानीय निकायको निर्वाचनमा दाङबाट नौसय ५४ महिला उम्मेदवार विभिन्न पदका लागि चुनावी मैदानमा उत्रिएका छन्। 

मुख्य निर्वाचन अधिकृतको कार्यालयका अनुसार  घोराही उपमहानगरपालिकामा एक सय ७१, तुलसीपुर उपमहानगरपालिकाबाट एक सय ७३, लमही नगरपालिकामा एक सय दुई जना महिला उम्मेदवार चुनावी मैदानमा उत्रिएका हुन्। 

त्यसैगरी बबई गाउँपालिकामा ५५, राजपुर गाउँपालिकामा ७२, राप्ती गाउँपालिकामा एकसय १४, दङ्गीशरण गाउँपालिकामा ५५, गढवा गाउँपालिकामा ९६, शान्ति नगर गाउँपालिकामा ५७ र बङ्गलाचुली गाउँपालिकामा ५९ गरी नौसय ५४ जना महिला उम्मेदवार चुनावी प्रतिस्पर्धामा छन्। 

जुनसङ्ख्याको कुल उम्मेदवारको सङ्ख्यामा महिला उम्मेदवारको सङ्ख्या ४० प्रतिशत रहेको छ। यसरी चुनावी मैदानमा उत्रिएका महिलामध्ये नगरप्रमुख पदमा अत्यन्तै न्यून रहेको छ। 

जसमा घोराही उपमहानगरपालिकाबाट मोहन वैद्य समूहको नेकपा क्रान्तिकारी माओवादीले सुशीला आचार्य र नेकपा माओवादी केन्द्रले लमही नगरपालिकाको प्रमुखमा द्रोपता पौडेललाई उम्मेदवार बनाएको छ भने दलहरुले नगर क्षेत्रमा अधिकांश महिलालाई उपप्रमुख, गाउँपालिकामा उपाध्यक्षको उम्मेदवार बनाएको छ। 

प्रमुख दलहरुले उपमहानगरपालिकामा एक/एक वटा वडामा मात्र वडाध्यक्ष महिला उम्मेदवार बनाएको छ। चुनावी मैदानमा उत्रिएका महिला उम्मेदवारको कुल उम्मेदवार सङ्ख्याको ४० प्रतिशत रहेको छ। रासस 
 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell