इनरुवाः स्थानीय तहको निर्वाचन आउन ६ दिन मात्र बाँकी रहेको बेला सुनसरीमा विभिन्न पार्टीका उम्मेदवार आफ्नो पक्षमा मतदान गर्न आग्रह गर्दै मत माग्ने कार्यमा व्यस्त भएका छन्।
ठूला राजनीतिक दलदेखि स्वतन्त्रका उम्मेदवार आफ्नो पक्ष तथा आफ्नो चुनाव चिह्नमा मतदान गर्न आग्रह गर्दै मत माग्ने कार्यमा व्यस्त बनेका हुन्।
जिल्लाका दुई उपमहानगरपालिका, चार नगरपालिका र ६ गाउँपालिकामा विभिन्न राजनीतिक दलका उम्मेदवार मत माग्ने कार्यमा व्यस्त बनेको पाइएको छ।
सुनसरी सदरमुकामसमेत रहेको इनरुवा नगरपालिकामा सक्रिय रुपमा रहेको नेपाली कांग्रेसका तर्फबाट प्रमुखका उम्मेदवार राजन मेहतासहितका उम्मेदवारले आफ्नो पक्षमा मतदान गरी विजयी गराउन आग्रह गर्दै मतमाग्ने कार्यमा व्यस्त बनेको कांग्रेसका नेता धिरज भट्टराईले जानकारी दिए।
त्यसैगरी, नेकपा एमाले प्रमुखका उम्मेदवार पोष्टकुमार नेपालसहितका अन्य पदका उम्मेदवारसमेत आफ्नो पक्षमा मतदान गर्न आग्रह गर्दै मत माग्ने कार्यमा व्यस्त बनेका छन्।
त्यसैगरी, माओवादी केन्द्रका प्रमुखका उम्मेदवार सुरेन्द्र कटुवालसहितका उम्मेदवार आफ्नो पक्षमा मतदानका लागि घरदैलो अभियानमा छन्।
त्यसैगरी, धरान र इटहरी उपमहानगरपालिका, इनरुवा, दुहवी, रामधुनी तथा बराह नगरपालिका, कोसी, भोक्राहा, हरिनगरा, देवानगन्ज र गढी गाउँपालिकालगायतका स्थानमा पनि राजनीतक दलका उम्मेदवार र नेता कार्यकर्ता घरदैलो अभियानमा व्यस्त छन्।रासस