PahiloPost

Jun 18, 2025 | ४ असार २०८२

बसको ठक्करबाट पोखरामा परीक्षा दिएर फर्किदै गरेका दुई विद्यार्थी घाइते



पहिलोपोस्ट

बसको ठक्करबाट पोखरामा परीक्षा दिएर फर्किदै गरेका दुई विद्यार्थी घाइते

कास्कीः  पोखरामा बसको ठक्करबाट परीक्षा दिएर फर्किदै गरेका दुई विद्यार्थी गम्भिर घाइते भएका छन्। 

कक्षा ११ को परीक्षा दिएर फर्किदै गरेका विद्यार्थी चढेको स्कुटरलाई बसले ठक्कर दिदा उनीहरु गम्भिर घाइते भएका हुन्।

बिन्ध्यवासिनी माविमा परीक्षा दिएर फर्किदै गरेका रुपेश थापा र शिशिर थापा चढेको ग १२ प ३८२७ नम्बरको स्कुटरलाई म्याग्दीको बेनीबाट काठमाडौ गइरहेको बा ५ ख ९५०५ नम्बरको बसले पोखराको अर्चलबोट नजिकै ठक्कर दिएको हो।

घाइतेहरुको मणिपाल शिक्षण अस्पतालमा उपचार भइरहेको छ। दुर्घटना लगतै आक्रोसित विद्यार्थीले ठक्कर दिने बस तोडफोड गर्नुकासाथै अगजनीको प्रयास गरेका थिए। प्रहरीले बस र चालकलाई नियन्त्रणमा लिएको छ । 
 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell