PahiloPost

Mar 10, 2025 | २६ फागुन २०८१

विद्रोहीविरुद्धको कारबाही अमानवीय भएको आरोपको म्यानमार सरकारद्वारा खण्डन 



रासस

विद्रोहीविरुद्धको कारबाही अमानवीय भएको आरोपको म्यानमार सरकारद्वारा खण्डन 
फोटो श्रोत:indianexpress.com

याङ्गुनः म्यानमारमा  लामो समयदेखि हिंसात्मक आक्रमणहरु जारी राखेको यहाँको मुस्लिम जाती रोहिङ्गा विद्रोहीबिरुद्ध सरकारले कारबाहीलाई निकै कडा पारेको छ। 

कारबाहीका क्रममा कैयौँ नागरिक बङ्गलादेशतर्फ भागेका छन्। गत अक्टोबर महिनादेखि कारबाही सुरु गरिएको हो । आक्रामक कारबाहीका क्रममा केही मारिएका, केहीले आत्मसमर्पण गरेका छन् भने ठूलो सङ्ख्याका विद्रोहीहरु भागेर छिमेकी बङ्गलादेशतर्फ पनि लागेका छन्। 

प्रहरीले दिएको जानकारीअनुसार कारबाहीका कारण गत अक्टोबर महिनादेखि यता करिब ७० हजार व्यक्ति देशबाहिर भागेका छन् । ती मध्ये प्राय सबैजसो भागेर बङ्गलादेशतर्फ पुगेका छन् । 

भागेका नागरिकले दिएको बयानमा आधारित रहेको संयुक्त राष्ट्रसंघीय अनुसन्धाकर्ताले यसरी गरिएको कारबाही मानवताविरुद्धको अपराध सरह भएको जनाएका छन्।  

क्रुर रुपमा प्रहरीले आक्रमण गर्ने गरेको, हतियारधारीका शिविरमा हमला गरी जिउँदै जलाउने गरेको, शिविरमा प्रहरीले हत्या र बलात्कार गर्ने गरेको उनीहरुको आरोप छ। 

म्यानमारको उत्तरी राखिन राज्यमा रोहिङ्गाहरुको बस्ती रहेको छ । ती क्षेत्रका अल्पसङ्ख्यक मुस्लिमहरुले आफ्नो हक अधिकारको लागि भन्दै यस्तो सशस्त्र विद्रोह गर्ने गरेका छन्। विद्रोहमा परी अरु पनि कैयौँ नागरिक मारिएका छन्। 

यसअघि उनीहरुले पनि म्यानमारका प्रहरी र सरकारी अधिकारीमाथि नै आक्रमण गर्ने गरेका थिए। जसका कारण यहाँ हजारौँ नागरिकको ज्यान गइसकेको छ। 

पछिल्लो समयमा गत अक्टोबरयता म्यानमारको प्रहरीले राज्यद्वारा आतङ्ककारी घोषित ती अल्पसङ्ख्यकहरुका शिविर नष्ट गर्ने र कारबाही गर्ने गरेको छ। 

यसैक्रममा बिहीबार पनि यहाँको प्रहरीले म्यानमारको उत्तरी भूभाग राखिनमा आतङ्ककारी तालिम केन्द्र सञ्चालन गरेको भन्दै सो तालिम केन्द्रमा नै धावा बोलेको थियो। 

त्यसमा परी तीन जनाको ज्यान गएको छ। उक्त तालिम केन्द्रमा उनीहरुले सयौँ हतियारधारीलाई राखेको प्रहरीले जनाएको छ । 

कारबाहीका क्रममा प्रहरी र सेनाले यस्तो ज्यादति गरेको भनी लगाइएको आरोपको सरकारले खण्डन गरेको छ। वैधानिक रुपमा नै ती विद्रोहीकाविरुद्धमा कानुनबमोजिम कारबाही गरेको सरकारले जनाएको छ। 

म्यानमारमा पछिल्लो समयमा ती विद्रोहीसँगको वार्ताका लागि भन्दै युद्धविराम भएको थियो। म्यानमारका विदेशमन्त्री एवम् राज्य सल्लाहकार आङ सान सुकीले वार्ताका लागि सरकारीतर्फको वार्ताटोलीको नेतृत्व गरेकी थिइन्। 

पछिल्लो समयमा वार्ताको सफलताका लागि पहल र प्रगति भइरहेको समाचार आइरहेका बेला प्रहरीले गरेको भनिएको यस्तो कारबाहीको कुरा बाहिर आएको छ। रासस/एएफपी 
 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell