
पाँचथरः नेकपा एमालेका संसदीय दलका उपनेता सुवास नेम्वाङले स्थानीय,प्रदेश र केन्द्रको गरी तीनै तहको निर्वाचनपछि मात्रै संविधान संशोधन गर्न सकिने बताएका छन्।
पाँचथरको फिदिममा आज सञ्चारकर्मीसँग कुराकानी गर्दै नेम्वाङले निर्वाचन अघि संविधान संशोधनमा एमालेले सहयोग नगर्ने बताए।
उनले प्रदेश नम्बर २ मा निर्वाचनको मिति सार्दा पनि राजपा सरकारमा नआउने भएपछि सरकारले चुनाव सारेको कुनै अर्थ नभएको बताए।
उनले मधेसी तथा जनजातिका असन्तुष्टिलाई एमालेले क्रमशः सम्बोधन गर्दै लैजाने बताए । नेम्वाङले अहिले पनि सरकारले निर्वाचन आचारसंहिता उल्लङ्घन गर्ने गरी गतिविधि गरिरहेकोप्रति आपत्ति जनाउँदै यसलाई तत्काल रोक्न माग गरे। रासस