PahiloPost

Mar 10, 2025 | २६ फागुन २०८१

नवलपरासीका ७० मतदानस्थल अतिसंवेदनशील 



रासस

नवलपरासीका ७० मतदानस्थल अतिसंवेदनशील 

नवलपरासीः नवलपरासीमा दोस्रो चरणमा निर्वाचन हुन बाँकी सातवटा स्थानीय तहअन्तर्गतका ७० वटा मतदानस्थललाई अतिसंवेदनशीलको सूचीमा राखिएको छ। 

बढी जनशक्ति आवश्यक पर्ने भनिएका ती मतदानस्थलको सुरक्षा संवेदनशीलतालाई ध्यानमा राखी सुरक्षा प्रबन्ध मिलाइने प्रमुख जिल्ला अधिकारी उदयबहादुर राना मगरले जानकारी दिए। 

कुल १२० वटा मतदानस्थलमध्ये २७ वटालाई संवेदनशील र २३ वटालाई सामान्य मतदानस्थल निर्धारण गरी सुरक्षा रणनीति अघि सारिएको हो । 

यसैगरी, सातवटा स्थानीय तहमा रहेका १२० मतदानस्थल र २४० वटा मतदान केन्द्रमा आवश्यकताअनुसार सुरक्षा प्रबन्ध मिलाइने जिल्ला प्रशासन कार्यालयले जनाएको छ। 

त्यसैगरी, निर्वाचन विरोधी गतिविधि नियन्त्रणका लागि आन्तरिक रुपमा सुरक्षा योजना बनाइएको प्रमुख जिल्ला अधिकारी मगरले बताए। 

पन्ध्रवटा स्थानीय तह रहेको नवलपरासीमा सात वटामा निर्वाचन हुन बाँकी छ जसमा तीनवटा नगरपालिका र चारवटा गाउँपालिका छन्। 

निर्वाचन हुन बाँकी सातवटा स्थानीय तहमा करिब तीन हजार ५०० सुरक्षाकर्मी परिचालन गर्ने तयारी भइरहेको छ। निर्वाचनका लागि आवश्यकताअनुसार नेपाली सेना ५००, सशस्त्र प्रहरी ५२०, नेपाल प्रहरी एक हजार १७६ र म्यादी प्रहरी एक हजार खटाइँदै छ। रासस 
 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell