PahiloPost

Jul 29, 2026 | १३ साउन २०८३

मोरङमा कांग्रेस उम्मेदवारको निधन



रासस

मोरङमा कांग्रेस उम्मेदवारको निधन

मोरङः मोरङको लेटाङ नगरपालिका वडा नं ६ का नेपाली कांग्रेसका खुल्ला सदस्यका उम्मेदवार मात्रिकाप्रसाद भण्डारीको आज बिहान निधन भएको छ। 

५६ वर्षीय भण्डारीको मुटुसम्बन्धी रोगका कारण निधन भएको हो। भण्डारी चुनावी घरदैलो कार्यक्रममा चार/पाँच दिनदेखि नै बिरामी रहेका र आज बिहान झापाको दमकमा उपचार गराएर फर्कने क्रममा बाटोमै मृत्यु भएको कांग्रेस नेता जङ्ग तामाङले जानकारी दिए। 

विसं २०४६ देखि नै नेपाली कांग्रेसमा आबद्ध भण्डारी स्थानीय सामाजिक सङ्घसंस्थामा पनि आबद्ध थिए। क्षेत्रीय निर्वाचन कार्यालय, विराटनगरका प्रमुख प्रेमप्रसाद सञ्जेलले सो वडाका लागि पुनः मनोनयन दर्ता गरिने जानकारी दिए। रासस 
 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell