PahiloPost

Apr 30, 2026 | १७ बैशाख २०८३

एसिपिएल : अफगानिस्तान बुल्सको जित



पहिलोपोस्ट

एसिपिएल : अफगानिस्तान बुल्सको जित

काठमाडौं : अफगानिस्तान बुल्सले एसियन क्लब प्रमियर लिग क्रिकेटमा पहिलो जित हासिल गरेको छ। बिहिबार भएको एक मात्र खेलमा अफगानिस्तान बुल्सले डि एल मेथडमा इन्डियन स्टार्सलाई १९ रनले पराजित गरेको हो।

इनिडयन स्टार्सको भने यो लगातार दोस्रो हार हो। पहिलो खेलमा इन्डियन स्टार्स श्रीलंकन लायन्ससँग पराजित भएको थियो।

कीर्तिपुरस्थति टीयू मैदानमा पहिले ब्याटिङ गरेको अफगानिस्तान बुल्सले निर्धारित २० ओभरमा ८ विकेट गुमाउँदै १ सय ३५ रन बनाएको थियो। बुल्सका लागि गौरव शर्माले सर्वाधिक ३४ रन बनाए। यस्तै कप्तान राना नाभेद उल हसनले २२ रनको योगदान गरे।

बलिङमा इन्डियन स्टार्सका सचिन कुमारले ४ विकेट लिए।

१ सय ३५ रनको लक्ष्य पछ्याएको इन्डियन स्टार्सले १५ ओभरमा ६ विकेट गुमाएर ८१ रन बनाउँदा पानी परेपछि खेल रोकिएको थियो। त्यसपछि खेल हुन नसकेपछि अफगानिस्तान बुल्सलाई डि एल मेथडमा विजयी घोषणा गरियो।

इन्डियन स्टार्सका सिमरन बाहा ३६ रनमा नटआउट रहेपनि अन्य खेलाडीले भने राम्रो प्रशर्न गर्न सकेनन्। अफगानिस्तान बुल्सका राना नाभेज उल हसनल, रोहित सिएनी र राघब बालीले २-२ विकेट लिए।

 

 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell