PahiloPost

Apr 27, 2025 | १४ बैशाख २०८२

बुबाछोरा र दाजुभाइ एकै पदको उम्मेदवार बनेपछि आफन्त अलमलमा



रासस

बुबाछोरा र दाजुभाइ एकै पदको उम्मेदवार बनेपछि आफन्त अलमलमा

बैतडीः बैतडीको डिलाशैनी गाउँपालिका र पुरचौडी नगरपालिकामा एकै पदका लागि बुबाछोरा र दाजुभाइले उम्मेदवारी दर्ता गराएका छन्। 

डिलाशैनी गाउँपालिकामा कर्णबहादुर रानाले नेपाली कांग्रेसबाट र लोकेन्द्रबहादुर राना ९शीतलले० नेकपा माओवादी केन्द्रबाट अध्यक्ष पदका लागि उम्मेदवारी दर्ता गराएका हुन्।

कर्ण दाजु र लोकेन्द्र भाइ हुन्। नाताले दाजुभाइ परे पनि राजनीतिक विचार फरक भएकाले आफूले उम्मेदवारी दर्ता गराएको कर्णबहादुर रानाले बताए। दुवैले एकैपदका लागि उम्मेदवारी दर्ता गराएपछि परिवारका सदस्यलाई भने भोट हाल्न समस्या भएको छ। 

यस्तै, पुरचौडी नगरपालिका–७ मा वडाध्यक्ष पदका लागि बुबाछोराले अलगअलग पार्टीबाट उम्मेदवारी दर्ता गराएका छन्। नागी साउँद (बुबा)नेकपा एमालेबाट र उज्ज्वल साउँद ९छोरा०ले नेकपा माओवादी केन्द्रबाट वडा अध्यक्ष पदका उम्मेदवारी दर्ता गराएका हुन्।

आफूहरुको अलग÷अलग राजनीतिक विचार भएकाले आ–आफ्नै पार्टीबाट उम्मेदवारी दर्ता गराएको नागी साउँदले बताए। 

माओवादी केन्द्रबाट वडा अध्यक्षमा उम्मेदवारी दर्ता गराएका उज्ज्वल साउदले उम्मेदवारी दर्ताका विषयमा बुबासँग कुनै छलफल नभएको बताए।

बुबाछोरा अलगअलग पार्टीबाट एकै पदका लागि चुनावी मैदानमा उत्रिएपछि परिवारका अन्य सदस्यलाई भोट हाल्न समस्या भएको छ। रासस 
 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell