PahiloPost

Mar 14, 2026 | ३० फागुन २०८२

विश्व बैंकद्वारा नेपाललाई १९ अर्ब ऋण सहयोग



रासस

विश्व बैंकद्वारा नेपाललाई १९ अर्ब ऋण सहयोग
फोटो श्रोतःcbn.com

काठमाडौंः विश्व बैंकले विद्यालय क्षेत्र विकास कार्यक्रम कार्यान्वयन गर्न नेपाल सरकारलाई १९ अर्ब पाँच लाख ऋण सहयोग उपलब्ध गराउने भएको छ। 

आगामी पाँच वर्षका लागि प्रदान गर्न लागेको उक्त सहायता शिक्षाको गुणस्तर सुधार, आधारभूत तथा माध्यमिक शिक्षामा न्यायोचित पहुँच विस्तार, अध्ययन–अध्यापन तथा विद्यार्थीको सिकाइमा सुधारका साथै सुदृढ शैक्षिक प्रणाली निर्माणमा उपयोग गरिनेछ । 

ऋण सहयोगसम्बन्धी सम्झौतापत्रमा बिहीबार अर्थ मन्त्रालयमा आयोजित कार्यक्रममा अर्थसचिव शान्तराज सुवेदी र नेपालस्थित विश्व बैंकका देशीय प्रबन्धक ताकुया कामाताले हस्ताक्षर गरे। 

त्यस अवसरमा प्रबन्धक कामाताले उक्त कार्यक्रम कार्यान्वयनपछि ७० लाख विद्यार्थी र एक लाख ८० हजार शिक्षक लाभान्वित हुने बताउँदै त्यसबाट नेपाल सरकारको शैक्षिक क्षेत्र सुधार अभियानमा योगदान पुग्ने विश्वास व्यक्त गरे। 

सचिव सुवेदीले कार्यक्रम कार्यान्वयन गर्ने निकाय शिक्षा मन्त्रालय र उक्त मन्त्रालय मातहतको शिक्षा विभागलाई गम्भीर भएर कार्यक्रम लागू गर्न आग्रह गरे। रासस 
 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell