
दमकः नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले एमालेका कारण जनताले संविधान पाएको जिकिर गर्दै अब त्यसको रक्षा गर्न एमाले मात्र प्रतिबद्ध भएको बताएका छन्।
झापाको कमल गाउँपालिका वडा नम्बर पाँचको पाडाजुङीमा आज आयोजित चुनावी सभालाई सम्बोधन गर्दै अध्यक्ष ओलीले संविधानलाई कुल्चेर अधिकारका नाममा कसैलाई पक्षपोषण गर्ने तथा देशलाई अहित हुन नदिइने बताए।
उनले भने,‘ “हामीसँग क्षमता छ, योजना छ, एमालेले अब विकासको मुहार पूर्वबाट नै सुरुवात गर्नेछ।”
गौरादहमा आज नै आयोजित चुनावी सभालाई सम्बोधन गर्दै ओेलीले देशमा एमालेको विकासप्रतिको चाहनालाई जनताले अब मतदानबाट प्रमाणित गर्ने जिकिर गरे। रासस