PahiloPost

Jun 18, 2025 | ४ असार २०८२

माइक्रोबसको ठक्करबाट जोरपाटीमा एक जनाको मृत्यु



पहिलोपोस्ट

माइक्रोबसको ठक्करबाट जोरपाटीमा एक जनाको मृत्यु

काठमाडौः काठमाडौंको जोरपाटीमा माइक्रोबसको ठक्करबाट एक पैदलयात्रीको मृत्यु भएको छ भने दुई जना घाइते भएका छन्।

बा १ ज ९८०९ नम्बरको माइक्रोबसको ठक्करबाट भारत श्रीपुरका २७ वर्षीय रूपलाल साहको मृत्यु भएको हो। ठक्करबाट घाइते भएका साहको उपचारका क्रममा मृत्यु भएको महानगरीय प्रहरी बृत बौद्धले जानकारी दिएको छ। 

सडक पेटीमा फलफूल बेचिरहेका साहलाई तिव्रगतिमा आएको माइक्रोवसले ठक्कर दिएको थियो। बेक्रफेल भइ माइक्रोबस दुर्घटना भएको प्रहरीले जानकारी दिएको छ।
 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell