
नयाँदिल्लीः भारतको नयाँ राष्ट्रपतिका लागि बिहीबारसम्म २४ जनाले उम्मेदवारी दर्ता गरेका छन्।
संविधान अनुसार मुलुकको सर्वोच्च पदका लागि सत्तारुढ दल भारतीय जनता पार्टीले भने पुर्वी राज्य बिहारका गभर्नर रामनाथ कोभिन्डलाई राष्ट्रपतिको उम्मेदवार बनाउने यसअघि नै घोषणा गरेको थियो।
भारतमा आगामी जुलाईको १७ तारिखमा राष्ट्रपति पदका लागि निर्वाचन हुँदैछ भने जुलाई २० तारिखमा नजिता सार्वजनिक गर्ने निर्वाचन आयोगले जनाएको छ।
वर्तमान राष्ट्रपति प्रणव मुखर्जीको पाँच बर्षे कार्यकाल जुलाईको अन्त्यमा सकिन लागेकाले नयाँ राष्ट्रपतिका लागि निर्वाचन हुन लागेको हो।
उम्मेदवारी दर्ता गरेका मध्ये धेरैजसोले राजनीतिक पार्टीको समर्थनमा उम्मेदवारी दर्ता गराएका होइनन्। उनीहरु सवैले स्वतन्त्र रुपमा उम्मेदवारी दिएका हुन्।
उम्मेदवारी दिएका मध्ये दुई जनाको उम्मेदवारी निर्वाचन आयोगले अस्वीकृत गरेको छ। राष्ट्रपति पदको उम्मेदवारका लागि आवश्यक कागजपत्रहरु उनीहरुसँग नभएकाले उनीहरुको उम्मेदवारी अस्वीकृत गरिएको जनाइएको छ।
भारतको कानुनमा राष्ट्रपति चयनका लागि हुने निर्वाचनमा मतदान गर्न कम्तिमा ३५ बर्ष नाघेको हुनु पर्ने व्यवस्था छ । राष्ट्रपति छनौट गर्न भारतमा केन्द्रीय र प्रदेश संसदका सांसदहरूले मतदान गर्ने व्यवस्था छ। रासस/सिन्ह्वा