PahiloPost

Jul 13, 2025 | २९ असार २०८२

खहरे खोलाले बगाउँदा दुई बालबालिकाको मृत्यु



पहिलोपोस्ट

सोलुखुम्बु: सोलुखुम्बुको दूधकौशिका गाउँपालिका–१ स्थित नेलेमा खहरे खोलाले बगाउँदा दुईजना बालबालिकाको ज्यान गएको छ।

बिहीबार दिउँसो परेको ठूलो वर्षापछि आएको बाढीले खोला तर्ने क्रममा उनीहरुलाई बगाएको जिल्ला प्रहरी कार्यालय सोलुखम्बुका प्रहरी निरीक्षक प्रद्युम्न अधिकारीले जानकारी दिए।

प्रहरी निरीक्षक अधिकारीका अनुसार ज्यान गुमाउनेमा नेलेस्थित हिमशिखर बोर्डिङ स्कुलमा एलकेजीमा अध्ययनरत ७ वर्षीय सागर कटवाल र कक्षा २ मा अध्ययनरत ८ वर्षीया रचना बस्नेत रहेका छन्।

यस्तै, घटनामा कक्षा २ मा अध्ययनरत सञ्जु कटवाल र स्थानीय २५ वर्षीय गणेशबहादुर बस्नेत घाइते भएका छन्। मृतकको शव करिब ८०० मिटर तल भेटिएको प्रहरी निरीक्षक अधिकारीले जानकारी दिए। रासस



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell