PahiloPost

Jun 19, 2025 | ५ असार २०८२

कारबम आक्रमणबाट मर्नेको संख्या ३४ पुग्यो



पहिलोपोस्ट

कारबम आक्रमणबाट मर्नेको संख्या ३४ पुग्यो

अफगानिस्तान: आफ्नो तलब लिनको लागि लाइनमा लागेका सरकारी कर्मचारीलक्षित अफगानिस्तानको लासकर घा सहरमा भएको कारबम आक्रमणमा परी मृत्यु हुनेहरुको सङ्ख्या ३४ पुगेको छ। रमजानको महिनामा भएको यो रक्तपात पूर्ण पछिल्लो घटना हो।

घटनामा परी दर्जनौ घाइते भएको र उनीहरुलाई उपचारार्थ अस्पताल लगिएको अधिकारीहरुले बताएका छन्।

आक्रमणपछि चराको प्वाँख जस्तोगरी धुवाँको मुस्लो आकास तर्फ उडेको थियो। रमजानका बेला सरकारले युद्धविरामको घोषणा गरेपनि तालिवानी लडाकुहरुले भने देशव्यापी आक्रमणलाई तीव्रता दिएका छन्।

रमजानको समापनको दिनका लागि किनमेल गर्न चाहिने पैसा लिनका लागि बैंकको अगाडी लाइनमा बसेका सर्वसाधारण र सरकारी जागिरेहरुको मृत्यु भएको बताइएको छ।

“आज भएको कारबम आक्रमणमा परी कम्तीमा ३४ जनाको मृत्यु भएका र ५८ जना घाइते भएका छन्,” प्रदेश सरकारद्धारा जारी विज्ञप्तीमा भनिएको छ।

सो बैंकमा सन् २०१४ पछिको यो तेस्रो आक्रमण हो। सुरक्षाबल र सरकारी कर्मचारीलाई लक्षित गरी भीषण आक्रमण गर्ने घोषणा गरी बसेका तालिवानी आतङ्ककारी समूहले नै यो आक्रमण गरेको अनुमान प्रहरीले गरेको छ।

मृत्यु भएकामध्ये अधिकांश महिला र बालबालिकासहितका आम नागरिक रहेका छन्। सरकारी प्रवक्ता आमार जवाकले मृतकको सङ्ख्या बढ्न सक्ने बताएका छन्।

घटनास्थल लास्कार घा अफगानिस्तानको हेल्मण्ड प्रान्तको राजधानी हो। रासस/एएफपी



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell