PahiloPost

Jun 19, 2025 | ५ असार २०८२

नारायणगढ–मुग्लिन सडक तत्काल सञ्चालनमा नआउने, वैकल्पिक मार्ग प्रयोग गर्न प्रहरीको आग्रह



पहिलोपोस्ट

नारायणगढ–मुग्लिन सडक तत्काल सञ्चालनमा नआउने, वैकल्पिक मार्ग प्रयोग गर्न प्रहरीको आग्रह

चितवनः नारायणगढ–मुग्लिन सडक तत्काल सञ्चालनमा नआउन भएको छ। सडकखण्डका विभिन्न स्थानमा पहिरो खस्ने सम्भावना कायम रहेको भन्दै जिल्ला प्रहरी कार्यालय चितवनले यात्रुलाई वैकल्पिक मार्ग अपनाउन समेत आग्रह गरेको छ। 

'सडकखण्डमा अझै पनि पहिरो खस्न सक्ने सम्भावना रहेकोले सडक सञ्चालनमा यति नै समय लाग्छ भन्न सकिने अवस्था छैन' चितवन प्रहरी प्रवक्ता दिपक श्रेष्ठले बताए।

थापाले बाटो अवस्था यस्तै रहेमा भोलिमात्र सञ्चालनमा आउने बताए। प्रहरीले सडकखण्डमा यात्रा गर्दा सुरक्षा सतर्कता अपनाउन पनि सर्वसाधरणलाई आग्रह गरेको छ। सडकको कालीखोला खण्डमा गएरातिको पहिरोमा प्रहरी भ्यान पुरिँदा दुई प्रहरीको मृत्यु भएको थियो। घटनामा दुई प्रहरी अझै बेपत्ता छन्।

मृत्यु हुनेमा ईलाका  प्रहरी कार्यालय मुग्लिनमा कार्यरत प्रहरी सहायक निरीक्षक धादिङ खनियाबास ४ का निश्चलकुमार तामाङ र प्रहरी जवान बारा हरैया ६ का दीपक मास्के रहेका छन्को। प्रहरी जवान लीलबहादुर चेपाङ र सन्दिप कार्की बेपत्ता छन्।

 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell