PahiloPost

Jul 29, 2026 | १३ साउन २०८३

कैलालीको गोदावरी नगर प्रमुखका उम्मेदवारको घरमा बम विष्फोट



रासस

कैलालीको गोदावरी नगर प्रमुखका उम्मेदवारको घरमा बम विष्फोट

धनगढीः कैलालीको गोदावरी नगरपालिकाका नेकपा माओवादी केन्द्रका प्रमुखका उम्मेदवार गोकर्ण भट्टको घरमा गएराति अज्ञात समूहले बम विष्फोट गराएको छ। 

अत्तरिया बजारमा रहेको भट्टको घर परिसरमा राति पौने ३ बजेको समयमा भएको बम विष्फोटबाट घरको ढोका र झ्यालका सिसा फुटेका प्रहरीले जनाएको छ।

विष्फोट गराउने समूहको प्रहरीले खोजी सुरु गरेको छ । भट्ट नेकपा माओवादी केन्द्रका नेता लेखराज भट्टका भाइ हुन्। रासस 

 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell