PahiloPost

Jul 29, 2026 | १३ साउन २०८३

कमल थापा भन्छन्–राप्रपा सर्वधर्म र लोक कल्याणकारी राज्य चाहन्छ



रासस

कमल थापा भन्छन्–राप्रपा सर्वधर्म र लोक कल्याणकारी राज्य चाहन्छ

उदयपुरः राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले वर्तमान अवस्थामा राप्रपा नेपालमा सर्वधर्म र लोककल्याणकारी राज्य व्यवस्थापनको नीतिको पक्षमा रहेको र आफूहरुले राज्यको पनि यही नीति होस् भन्ने चाहेको बताएका छन्। 

उदयपुरको गाईघाटमा राप्रपा त्रियुगा नगरपालिका गाईघाटको चुनावी सभालाई सम्बोधन गर्दै अध्यक्ष थापाले राप्रपाले वर्तमान अवस्थामा सङ्घीय गणतन्त्र नेपालभित्र लोककल्याणकारी राज्य व्यवस्था चाहेको बताए।

थापाले हिन्दू धर्मलाई सनातन धर्मको मान्यता दिएर अन्य धर्मप्रति सर्वधर्मको नीति लिँदै सबै धर्मको संरक्षणमा जोड दिने नीति आफ्नो पार्टीको रहेको बताए। रासस 
 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell