PahiloPost

Apr 20, 2025 | ७ बैशाख २०८२

निर्वाचनका लागि अधिकांश सिडिओको माग त्रिपाल !



सविन ढकाल

निर्वाचनका लागि अधिकांश सिडिओको माग त्रिपाल !
तस्बिर : गृहमन्त्रीको फेसबुकबाट

काठमाडौँ: असार १४ गते हुने स्थानीय तहको दोस्रो चरणको निर्वाचनमा अधिकांश प्रमुख जिल्ला अधिकारीहरुले त्रिपालको माग गरेका छन्।

गृहमन्त्रीको उपस्थितिमा भएको क्षेत्रीय सुरक्षा गोष्ठीमा सुरक्षाबारे जानकारी दिँदै अधिकांश सिडिओहरुले वर्षातको समय भएकाले निर्वाचन र मतदान केन्द्रमा त्रिपालको व्यवस्था गर्न माग गरेका हुन्।

सुरक्षा गोष्ठीमा सहभागी गृह स्रोतले भन्यो, ‘वर्षातको मौसम भएकाले पानी पर्छ। मतदान केन्द्र र स्थानीय निर्वाचन केन्द्रमा त्रिपाल दिनुपर्ने सबै सिडिओहरुको माग छ।’

सुरक्षा गोष्ठीमा गृहमन्त्री दनार्दन शर्मा, निर्वाचन आयोगका आयुक्तहरु, प्रहरी महानिरीक्षक प्रकाश अर्याल, प्रत्येक जिल्लाका प्रमुख जिल्ला अधिकारीहरु, तथा सुरक्षा प्रमुख सहभागी थिए।

 

राजपाभन्दा बिप्लव को थ्रेट

सुरक्षा गोष्ठीमा अधिकांश सिडिओहरुले आसन्न निर्वाचनमा राष्ट्रिय जनता पार्टीभन्दा नेत्रविक्रम चन्द नेतृत्वको माओवादीको सुरक्षा चुनौती बढी रहेको बताएका  छन्। गृह स्रोतका अनुसार विप्लवको सबै क्षेत्रमा केही न केही उपस्थिति छ। तर, राजपाको उपस्थिति प्रदेश दुईमा मात्र छ।

कञ्चनपुर, कपिलवस्तु र नेपालगन्जमा पनि राजपाका कारण केही सुरक्षा थ्रेट छ। पूर्वी तराईका जिल्लामा भूमिगत समूहको सुरक्षा चुनौती रहेको विश्लेषण गरिएको छ। संवेदनशील क्षेत्रको सुरक्षा चुनौती मध्यनजर गरी नेपाली सेनाको हेलिकप्टर तयारी अवस्थामा राखिने गृह स्रोतले जानकारी दियो।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell