PahiloPost

Apr 27, 2025 | १४ बैशाख २०८२

बेलायती प्रधानमन्त्रीले भनिन्–इयूका जनताको अधिकार सुरक्षित गरिन्छ 



रासस

बेलायती प्रधानमन्त्रीले भनिन्–इयूका जनताको अधिकार सुरक्षित गरिन्छ 
फोटो श्रोतःpulse.ng

ब्रसेल्सः बेलायती प्रधानमन्त्री टेरिजा मेले यूरोपेली महासङ्घ (इयू)बाट बर्हिगमनपछि पनि बेलायतमा बसोबास गर्दै आएका इयूका जनताको अधिकारको सुरक्षाको प्रत्याभुत गरिने बताएकी छन्।

ब्रसेल्समा सञ्चारकर्मीसँग कुरा गर्दै प्रधानमन्त्री मेले  ब्रेक्जिट कार्यान्वयनमा आएपछि पनि बेलायत बसोबास गर्दै आएका इयूका जनताले पूर्णरूपमा आफ्ना अधिकारको प्रयोग गर्ने वातावरण सिर्जना हुने गरी आफूले योजना ल्याउन लागेको बताइन्।

प्रधानमन्त्री मे इयूका नेताहरूसँगको दुई दिने बैठकमा ब्रेक्जिटबारे छलफल गर्न ब्रसेल्स आएको बताइन्। 

यसैबीच, जर्मन चान्सलर एन्गेला मर्केलले आफूहरू ब्रेक्जिट वार्तामा इयूको भविष्यलाई प्राथमिकतामा राखेर मात्र अघि बढिने बताइन्।

बेलायती प्रधानमन्त्रीले ब्रसेल्समा ल्याउने भनिएको योजनाबारे आलोचना गर्दै मर्केलले मेरा लागि बेलायत बाहेकका २७ सदस्य राष्ट्रको भविष्य बेलायतको बहिर्गमनको विषयभन्दा महत्वपूर्ण रहने बताइन्। रासस/एएफ्पी 
 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell