PahiloPost

Sep 5, 2026 | २० भदौ २०८३

निर्वाचन विरोधी गतिविधि गरेको आरोपमा नेकपाका ५ कार्यकर्ता पक्राउ



रासस

निर्वाचन विरोधी गतिविधि गरेको आरोपमा नेकपाका ५ कार्यकर्ता पक्राउ

पाँचथरः निर्वाचन विरोधी गतिविधिमा संलग्न भएको आरोपमा प्रहरीले नेपाल कम्युनिस्ट पार्टीका पाँचजना कार्यकर्तालाई पक्राउ गरेको छ । 

पक्राउ पर्नेमा ताप्लेजुङ साब्लाखुका मुस्कान लिम्बू, फाल्गुनन्द–४ का विजय नेम्वाङ, फाल्गुनन्द–५ का जितबहादुर चेम्जोङ र कविराज चेम्जोङ तथा धनकुटा पाख्रिबास–३ का सङ्घर्ष परियार छन्। 

निर्वाचन बिथोल्ने योजना बनाइरहेका बेला उनीहरुलाई पाँचथरका विभिन्न स्थानबाट पक्राउ गरिएको प्रहरीले जनाएको छ। 

प्रहरीले उनीहरुमाथि सार्वजनिक मुद्दा दर्ता गर्ने तयारी गरेको छ।रासस 
 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell