PahiloPost

Nov 11, 2025 | २६ कात्तिक २०८२

धादिङको जोगिमारामा ट्रक दुर्घटना, तीन जनाको मृत्यु



रासस

धादिङको जोगिमारामा ट्रक दुर्घटना, तीन जनाको मृत्यु

धादिङः पृथ्वीराजमार्ग अन्तर्गत जोगिमाराको हुग्दी खोलामा आज बिहान ट्रक दुर्घटना हुँदा तीन जनाको मृत्यु भएको छ। 

गजुरी इलाका प्रहरी कार्यालयका प्रहरी निरीक्षक बरुण सिंहकाअनुसार काठमाडौंबाट चितवन गइरहेको ना ६ ख ३१२३ नम्बरको ट्रक हुग्दी खोलामा पल्टिएर दुर्घटना भएको हो। 

दुर्घटनामा चालक बारा गढीमाईका  नरबहादुर खत्री, सहचालक जीवन लामा र सञ्जु राईको मृत्यु भएको छ। 

खत्री ट्रक धनी हुन्। तीब्र गतिमा गुडेको ट्रक सडकबाट खोलामा खसेर दुर्घटना भएको थियो। रासस 
 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell