PahiloPost

Apr 13, 2026 | ३० चैत्र २०८२

अझै भेटिएनन् बेपत्ता भएका माओवादी केन्द्रका उम्मेदवार



रासस

अझै भेटिएनन् बेपत्ता भएका माओवादी केन्द्रका उम्मेदवार

इलामः इलाम नगरपालिका–१२ का वडा अध्यक्षका उम्मेदवार नारायण राई बेपत्ता भएको एकसाता बिते पनि उनको अवस्था अझै अज्ञात छ। 

नेकपा माओवादी केन्द्रबाट उम्मेदवार बनेका राई आमसभा तयारीका सिलसिलामा गत शुक्रबार घरबाट निस्किएका थिए। त्यसपछि उनी सम्पर्कबिहीन भएका माओवादी केन्द्र इलामका सचिवालय सदस्य जीवन शर्माले जानकारी दिए। 

बेपत्ता राईको खोजीका लागि नेपाल प्रहरीलाई परिचालन गरिएको छ भने पार्टीले पनि वाइसिएललाई परिचालन गरेको छ। उनी बेपत्ता भएपछि केन्द्रले उनको ठाउँमा सोममाया राईलाई उम्मेदवार बनाएको छ। रासस 
 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell