PahiloPost

Mar 10, 2025 | २६ फागुन २०८१

भोजपुरमा १ हजार ३५१ उम्मेदवार चुनावी मैदानमा



रासस

भोजपुरमा १ हजार ३५१ उम्मेदवार चुनावी मैदानमा

भोजपुरः दुई नगरपालिकासहित नौ स्थानीय तह रहेको भोजपुरमा कुल एक हजार ३५१ उम्मेदवार चुनावी मैदानमा उत्रिएका छन्। 

चुनावी मैदानमा ८०९ पुरुष र ५४२ महिला रहेका मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ। 

सबैभन्दा धेरै षडानन्द नगरपालिकामा र सबैभन्दा कम पौवादुङ्मा गाउँपालिकामा उम्मेदवारी दर्ता भएको छ। चौध वडा रहेको षडानन्द नगरपालिकामा २५२ जनाले उम्मेदवारी दर्ता गरेका छन् भने छ वडा रहेको पौवादुङ्मा गाउँपालिकामा १०० जनाले उम्मेदवारी दर्ता गराएका छन्। 

१२ वटा वडा रहेको भोजपुर नगरपालिकामा २०५ जना, छवटा वडा रहेको साल्पासिलिछो गाउँपालिकमा ११३ र अरुण गाउँपालिकामा १२८ जनाले उम्मेदवारी दर्ता गराएका छन्। 

त्यस्तै, १० वडा रहेको आमचोक गाउँपालिकामा १४९, ट्याम्केमैयुङ गाउँपालिकामा १३८ र हतुवागढीमा १३३ तथा रामप्रसाद राई गाउँपालिकामा १३३ जनाले उम्मेदवारी दर्ता गराएका छन्। रासस 
 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell