PahiloPost

Mar 10, 2025 | २६ फागुन २०८१

विद्यार्थीको मृत्युपछि विद्यालय तोडफोड



रासस

विद्यार्थीको मृत्युपछि विद्यालय तोडफोड

सोलुखुम्बुः खहरे खोलाले बगाउँदा दुई विद्यार्थीको मृत्यु भएपछि तिनका आफन्तले विद्यालयमा तोडफोड गरेका छन्। 

विद्यालय प्रशासनको लापर्बाहीका कारण विद्यार्थीको मृत्यु भएको आरोपसहित आफन्तले आक्रोश व्यक्त गर्दै विद्यालय तोडफोड गरेका हुन्।
 
विद्यालय प्रशासनको लापार्बाहीले घटना भएकाले घटनाको जिम्मा लिनुपर्ने र उचित क्षतिपूर्ति उपलब्ध गराउनुपर्ने उनीहरुको माग छ। विद्यालय परिसरमै शव राखेर उनीहरुले बिहीबार साझदेखिनै विद्यालय घेराउ गरेका थिए।

अहिले विद्यालय व्यवस्थापन समिति र मृतकका आफन्तबीच छलफल भइरहेको प्रहरी निरीक्षक प्रधुम्न अधिकारीले जानकारी दिए। 

बिहीबार अपराह्न ५:३० बजे दूधकौसीका गाउँपालिका– १ नेलेस्थित जोगरामा रेहको खहरे खोलाले बगाउँदा हिमशिखर बोर्डिङ स्कुलमा एल केजीमा अध्ययनरत– सात वर्षीया सागर कटुवाल र कक्षा– २ मा अध्ययनरत– ८ वर्षीया रचना बस्नेतको मृत्यु भएको थियो। 

खोलाले बगाउँदा दूधकौसीका गाउँपालिका– १ जोगराका २५ वर्षीया गणेश बस्नेत र सात वर्षीया सञ्जु कटुवालसमेत घाइते भएका छन्।रासस 
 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell