PahiloPost

Apr 30, 2026 | १७ बैशाख २०८३

'छक्कापञ्जा २'को टिजरमा साईंली गीतको प्रयोग



पहिलोपोस्ट

'छक्कापञ्जा २'को टिजरमा साईंली गीतको प्रयोग

काठमाडौं: ब्लकबस्टर फिल्म 'छक्कापञ्जा' सिक्वेल 'छक्कापञ्जा २'को टिजर सार्वजनिक भएको छ। अन्तिम एक गीतको छायांकन सक्किए लगत्तै फिल्म युनिटले युट्युबमार्फत टिजर सार्वजनिक गरेको हो।

यसअघि नै तयार टिजरलाई हलहरुमा प्रयोग गरिएपनि बिहिबार हाइलाईट्स नेपालाले अफिसियल युट्युब च्यानलमा राखेको छ। टिजरमा फिल्मको अन्य दृश्यलाई ठाउँ नदिइए पनि फिल्मको सिक्वेलमा मुख्य पात्र राजाकै कथाले निरन्तरता पाउने जानकारी उल्लेख गरिएको छ। फिल्म युनिटले हिट गीत 'साइंली'लाई पनि टिजरमा प्रयोग गरेको छ।

कास्कीमा फिल्मको छायांकन भएको हो। फिल्ममा दिपकराज गिरी,  वर्षा राउत, प्रियङ्का कारेकी, स्वरूप ढकाल, बुद्धी तामाग, स्वस्तिमा खड्का, जितु नेपाल, केदार घिमिरे लगायतको अभिनय रहेको छ।

हेर्नुस् टिजर: 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell