पाल्पाः स्थानीय तहको निर्वाचनका लागि निर्धारण भएका पाल्पाका १८ वटा मतदानस्थल अतिसंवेदनशील मानिएका छन्। दुई नगरपालिका र आठ गाउँपालिका रहेको पाल्पामा जम्मा ११८ वटा मतदानस्थल तोकिएको छ।
तानसेन तगरपालिकामा तीनवटा, रामपुर नगरपालिकामा छवटा, माथागढी गाउँपालिकामा एउटा, तिनाहुँ गाउँपालिकामा चार र रैनादेवी छहरा गाउँपालिकामा चारवटा गरी जम्मा १८ वटा मतदानस्थल अतिसंवेदनशील मानिएका छन्।
त्यस्तै, जिल्लामा ४० वटा मतदानस्थल संवेदनशील रहेका छन्। जसअन्तर्गत तानसेन नगरपालिकामा सात, रामपुर नगरपालिकामा चार, निस्दी गाउँपालिकामा दुई, पूर्वखोला गाउँपालिकामा तीन, रम्भा गाउँपालिकामा पाँच, वगनासकाली गाउँपालिकामा तीन, माथागढी गाउँपालिकामा चार, रिब्दिकोट गाउँपालिकामा तीन, तिनाहुँ गाउँपालिकामा दुई र रैनादेवी छहरा गाउँपालिकामा छवटा मतदानस्थल संवेदनशील रहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ।
जिल्लाभरमा ६० वटा मतदानस्थल सामान्य अवस्थामा छन्। जसमा तानसेन नगरपालिकामा १२, रामपुर नगरपालिकामा चार, निस्दी गाउँपालिकामा सात, पूर्वखोला गाउँपालिकामा पाँच, रम्भा गाउँपालिकामा चार, बगनासकाली गाउँपालिकामा आठ, माथागढी गाउँपालिकामा पाँच, रिब्दिकोट गाउँपालिकामा सात, तिनाहुँ गाउँपालिकामा चार र रैनादेवी गाउँपालिकामा चारवटा रहेका छन्। रासस