PahiloPost

Jul 29, 2026 | १३ साउन २०८३

ग्वाटेमालामा ६.८ रेक्टर स्केलको भूकम्प



रासस

ग्वाटेमालामा ६.८ रेक्टर स्केलको भूकम्प
फोटो श्रोतःcnn.com

ग्वाटेमाला सिटीः ग्वाटेमालामा ६.८ रेक्टर स्केलको भूकम्प गएको छ। 

भूकम्पबाट प्रमुख पर्यटकीय सहर एनिगुआमा रहेका सरकारी कार्यालय र अन्य भवनहरु क्षतिग्रस्त भएका छन्। 

स्थानीय समय अनुसार बिहीबार बिहान ६ः३१ मा  गएको भूकम्पको केन्द्रविन्दु प्रशान्त महासागरीय सहर पुइर्टो सान जोसे बाट ३८ किलोमिटर दक्षिणपश्चिममा रहेको अमेरिकी भौगर्भिक सर्वेक्षण संस्था (युएसजिएस) ले जानकारी दिएको छ। 

भूकम्पको कम्पन दक्षिणी मेक्सिको र एल साल्भाडोरमा पनि महसुस गरिएको थियो। 

भूकम्पबाट मानवीय क्षतिको खबर भने हालसम्म प्राप्त नभएको तर  चार जना घाइते भएका सरकारी अधिकारीहरुले जानकारी दिएका छन्। रासस/सिन्ह्वा 
 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell