PahiloPost

Mar 14, 2026 | ३० फागुन २०८२

बम विष्फोटमा परी पाकिस्तानमा ११ जनाको मृत्यु, २० घाइते



रासस

बम विष्फोटमा परी पाकिस्तानमा ११ जनाको मृत्यु, २० घाइते
फोटो श्रोतःradionz.co.nz

पाकिस्तानः पाकिस्तानको दक्षिणपश्चिमी सहर क्वेटामा शुक्रबार भएको बम विष्फोटमा कम्तीमा ११ जनाको मृत्यु भएको छ भने २० जना घाइते भएका छन्। 

बलुचिस्तान प्रान्तको प्रान्तीय राजधानी क्वेटा सरहमा रहेको प्रहरीको प्रमुख कार्यालय अगाडि विष्फोट भएको बताइएको छ। मारिनेहरुमा चार प्रहरी अधिकारी पनि छन्। 

बलुचिस्तान प्रान्तमा पृथकतावादी र इस्लामिक आतङ्ककारी समूहको बलियो प्रभाव रहेको पाइन्छ। विष्फोट भएको इलाकाबाट ११ जनाको शव ल्याइएको नागरिक अस्पतालका प्रमुख फारेद अहमदले जानकारी दिए।

घाइते मध्ये तीन जनाको अवस्था गम्भीर रहेको जनाइएको छ।  विष्फोटको जिम्मेवारी कसैले लिएको छैन। प्रहरीले विष्फोट गराउने समूहको खोजी गरिरहेको जनाएको छ। रासस/एएफपी 
 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell