PahiloPost

Jun 29, 2026 | १५ असार २०८३

फिल्म 'जग्गा जासुस'मा गोविन्दाको यस्तो लुक्स



पहिलोपोस्ट

फिल्म 'जग्गा जासुस'मा गोविन्दाको यस्तो लुक्स

बलिउड फिल्म जग्गा जासुसमा अभिनय गरेका गोविन्दाको नयाँ लुक्स सार्वजनिक भएको छ। अनुराग बासुको आगामी फिल्म जग्गा जासुसमा गाविन्दाको लुक्स भिन्न देख्न सकिन्छ।

कट्रीनाले इन्स्टाग्राममा रणवीर र गोविन्दासँगै रहेको फोटो पोस्ट गरेका छन्।
 

 

@katrinakaif Govinda #ranbirkapoor n one pic 😍😍 umm #jaggajasoos has a whole lot of surprises for us 😍

A post shared by katrinakaifqueenn (@katrinakaiffqueenn) on

उक्त फोटोमा गोविन्दालाई लामो दाह्री र कपालमा देख्न सकिन्छ। फिल्ममा गोविन्दासँगै रणवीर कपुर कट्रिना कैफ मुख्य भूमिकामा रहेका छन्। रणवीरसँग पहिलो पटक पर्दामा सँगै देखिन लागेका गोविन्दाले कट्रीनासँग भने काम गरेको यो दोस्रो पटक हो।

गोविन्दा र कट्रीनाले सन् २००७ मा डेविड धवनको पार्टनर फिल्समा सँगै काम गरेका थिए। रणवीरकव सुरु प्रोडक्सन, बासुको इशान मुभिस, युटिभी मोसन पिक्चर्स र वाल्ट डिज्ने पिक्चर्सले संयुक्त रुपमा निर्माण गरेको फिल्म जुलाई १४ मा रिलिज हुनेछ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell