विराटनगरः नेकपा एमालेका महासचिव ईश्वर पोखरेलले संविधान कार्यान्वयन र सिंहदरबारको अधिकार जनताको हातमा पुर्याउनका लागि निर्वाचन अपरिहार्य भएको बताएका छन्।
प्रेस चौतारी मोरङद्वारा विराटनगरमा अयोजित पत्रकार सम्मेलनमा महासचिव पोखरेलले दोस्रो चरणअन्तर्गत हुने निर्वाचनलाई स्वच्छ, निष्पक्ष र भयरहित वातावरणमा सम्पन्न गराउनु राजनीतिक दललगायत सम्बन्धीत सबै पक्षको साझा दायित्व भएको बताए।
उनले तीन वटा निर्वाचन सम्पन्न भएपछि मात्र सिंहदरबारको अधिकार जनताको घरमा पुग्ने बताए। रासस