PahiloPost

Jul 29, 2026 | १३ साउन २०८३

५ लाख ७० हजार घुससहित राजस्व अधिकृत पक्राउ



रासस

५ लाख ७० हजार घुससहित राजस्व अधिकृत पक्राउ

काठमाडौँः अख्तियार दुरुपयोग अनुसन्धान आयोगले मूल्य अभिवृद्धि कर तिर्न नपर्ने बनाइदिने भन्दै सेवाग्राहीसँग घुस लिँदै गर्दा राजस्व अनुसन्धान अधिकृतलाई नियन्त्रणमा लिएको छ। 

आयोगले राजस्व अनुसन्धान मध्यपश्चिमाञ्चल तथा सुदूरपश्चिमाञ्चल क्षेत्रीय कार्यालय कोहलपुर, बाँकेका अनुसन्धान अधिकृत भिमप्रसाद घिमिरे र कम्प्युटर अधिकृत गोविन्दबहादुर शाहीलाई आज नियन्त्रणमा लिएको प्रवक्ता जीवराज कोइरालाले जानकारी दिए। 

आयोगको कार्यालय कोहलपुरबाट खटिएको टोलीले पाँच लाख ७० हजार घुस रकमसहित दुबैजनालाई कार्यालय परिसरबाट नियन्त्रणमा लिएको हो । 

व्यापारीबाट नियन्त्रणमा लिइएका करलगायतका कागजात मिलाइ दिने प्रयोजनका लागि उनीहरुले घुस रकम माग गरेका थिए। नियन्त्रणमा लिएका दुबै जनामाथि थप अनुसन्धान भइरहेको आयोगले जनाएको छ। रासस 
 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell