PahiloPost

Mar 10, 2025 | २६ फागुन २०८१

अल्जेरियाली राजदूतलाई परराष्ट्रमन्त्रीको आग्रहः मानवअधिकार काउन्सिलमा समर्थन हामीलाई



रासस

अल्जेरियाली राजदूतलाई परराष्ट्रमन्त्रीको आग्रहः मानवअधिकार काउन्सिलमा समर्थन हामीलाई

काठमाडौँः उपप्रधान तथा परराष्ट्रमन्त्री कृष्णबहादुर महरासँग नेपालका लागि अल्जेरियाका गैरआवासीय राजदूत हाम्जा याहिया चेरिफले शिष्टाचार भेट गरेका छन्। 

परराष्ट्र मन्त्रालयमा आज भएको भेटमा अल्जेरियाली राजदूत चेरिफले आफ्ना नागरिकलाई निःशुल्क स्वदेश फर्कने अनुमति दिएकामा अल्जेरिया सरकारको तर्फबाट नेपाल सरकारलाई धन्यवाद दिए। 

राष्ट्रियता नखुलेका कारण अल्जेरियाली नागरिक अब्देल कादेर इब्राहिम अजुज विगत १६ वर्षदेखि नेपालमा शरणार्थीका रुपमा बस्दै आएका थिए । 

उनको राष्ट्रियता खुलेसँगै अल्जेरियाली सरकारले स्वदेश फर्काइदिन नयाँ दिल्लीस्थित अल्जेरियाली दूतावासमार्फत नेपाल सरकारलाई अनुरोध गरेको थियो। नेपाल सरकारले प्रवेशाज्ञा र जरिवानाबापत लाग्ने शुल्क मिनाहा गरी उनलाई स्वदेश फर्कन अनुमति दिएको हो। 

परराष्ट्रमन्त्री महराले सन् २०१८ देखि २०२० को अवधिका लागि संयुक्त राष्ट्रसङ्घको मानवअधिकार काउन्सिलको सदस्य पदमा नेपालले उम्मेदवारी दिएको जानकारी दिँदै त्यसमा समर्थन जनाइदिन राजदूत चेरिफमार्फत अल्जेरियाली सरकारसँग आग्रह गरेका थिए। 

सो अवसरमा अरब क्षेत्रमा देखिएको वर्तमान गतिरोधका विषयमा समेत छलफल भएको थियो। रासस 
 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell