PahiloPost

Jul 13, 2025 | २९ असार २०८२

कमल थापाको दावीः भैरहवामा जित सुनिश्चित



पहिलोपोस्ट

कमल थापाको दावीः भैरहवामा जित सुनिश्चित

रुपन्देहीः राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले भैरहवामा आफ्नो पार्टीको जित सुनिश्चित भएको दावी गरेका छन्।

भैरहवामा आयोजित पार्टीको चुनावी सभालाई सम्वोधन गर्दै अध्यक्ष थापाले संविधानसभाको दोस्रो निर्वाचनमा पनि सिद्धार्थनगर क्षेत्रबाट पार्टी विजयी भएको र अहिलेको स्थानीय तहको निर्वाचनमा पनि राप्रपाले विजयी भएर इतिहास रच्ने दावी गरे।

देशमा शान्ति र स्थायित्व कायम गर्न दुई राप्रपा एकीकरण भइ नेपाली राजनीतिमा राप्रपा उदय भएको र विकासको एजेण्डा भएकाले जनताले राप्रपालाई विश्वास गर्ने बताए।

उनले स्थानीय तहको पहिलो चरणको निर्वाचनमा अपेक्षा अनुसार सफलता प्राप्त नभएको र सोही अनुभवलाई सुधार गर्दै दोस्रो निर्वाचनमा सफलता प्राप्त हुने बताए।
 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell