PahiloPost

Mar 10, 2025 | २६ फागुन २०८१

मेक्सिकोको सीमामा पर्खाल बनाएरै छाड्ने राष्ट्रपति ट्रम्पको प्रतिवद्धता



रासस

मेक्सिकोको सीमामा पर्खाल बनाएरै छाड्ने राष्ट्रपति ट्रम्पको प्रतिवद्धता
फोटो श्रोतःbusinessinsider.com

मेक्सिको सिटीः अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले मेक्सिकोलाई संसारको हिंसाजन्य देशमध्येको दोस्रो ठूलोको संज्ञा दिएका छन्। 

शुक्रबार ट्वीट गर्दै राष्ट्रपति ट्रम्पले भनेका छन्– मेक्सिको सिरियापछिको दोस्रो ठूलो हिंसाजन्य देश हो। यहाँ बर्षेनी हजारौँ नागरिक मारिन्छन्। 

मेक्सिकोमा लागूऔषधका कारण वर्षेनी त्यतिधेरै सङ्ख्यामा नागरिकको ज्यान जाने गरेको भन्दै उनले अमेरिकाले त्यसैले पनि मेक्सिकोको सीमामा पर्खाल निर्माण गर्ने बताएको ट्वीटरमा व्यक्त गरेका छन्। 

ट्रम्पले भनेका छन्– हामीले पर्खाल लाउँछौँ, कुनै पनि हालतामा हामीले सीमामा पर्खाल ठड्याउँछौं। 

हालै लन्डनबाट सम्प्रेषित एक रिपोर्टमा मेक्सिको सिरियापछिको सबैभन्दा धेरै मानिस मारिने देशका रुपमा सन् २०१६ मा आएको जनाइएको थियो। 

राष्ट्रपति ट्रम्पले त्यसैका आधारमा सो ट्वीट गरेका बताइएको छ। यस भनाईपछि मेक्सिकोको भने कुनै प्रतिक्रिया आएको छैन। रासस/एएफपी 
 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell