PahiloPost

May 15, 2025 | २ जेठ २०८२

दाङमा दुई हजार ३८२ उम्मेदवार चुनावी मैदानमा



रासस

दाङमा दुई हजार ३८२ उम्मेदवार चुनावी मैदानमा

दाङः दोश्रो चरणअन्तर्गत असार १४ गते हुने स्थानीय तहको निर्वाचनमा दाङबाट दुई हजार ३८२ उम्मेदवार चुनावी प्रतिस्पर्धामा होमिएका छन् । 

यो कुल पदभन्दा चार गुणा बढी रहेका छन्। जिल्लामा ५२० पदका लागि निर्वाचन हुँदैछ । निर्वाचनमा नौ सय ५४ महिला उम्मेदवार प्रतिस्पर्धामा ओर्लिएका छन्। 

दुई उपमहानगरपालिका, एक नगरपालिका र सात वटा गाउँपालिका गरी १० वटा स्थानीय तह रहेको दाङमा नगरप्रमुख पदमा ८२ जना र उपप्रमुखमा ६७ जनाले चुनावी प्रतिस्पर्धामा भाग लिएका छन्। 

त्यसैगरी एक सय वडाध्यक्षका लागि ५२३ जना चुनावी प्रतिस्पर्धामा छन् । तीमध्ये महिलाको सङ्ख्या २४ रहेको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ। 

त्यस्तै एकसय दलित महिला सदस्य पदका लागि ३८५ जना दलित महिला चुनावी प्रतिस्पर्धामा छिन्। 

सबै दलका उम्मेदवार र स्वतन्त्र उम्मेदवारले यतिखेर चुनावलाई आफनो पक्षमा पार्नका लागि मतदातसँग मत माग्न व्यस्त देखिएका छन् । उनीहरुले बिहानैदेखि प्रचारप्रसार, घरदैलो र चुनावी सभालगायत कार्यक्रम गरिरहेका छन् । दाङमा प्रमुख दलका उम्मेदवारबीच नै कडा प्रतिस्पर्धा हुने देखिन्छ। 

दाङमा स्थानीय तह निर्वाचनका लागि जिल्लामा १५१ वटा मतदानस्थल र ३५१ वटा मतदान केन्द्र निर्धारण गरिएको छ । भने जिल्लामा दुई लाख ९१ १५० मतदाता रहेका छन्। रासस 
 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell