PahiloPost

Apr 30, 2026 | १७ बैशाख २०८३

पहिलो पटक सँगै देखिँदै निखिल र सौगात, यस्तो बन्यो फिल्म 'संरक्षण"को ट्रेलर



पहिलोपोस्ट

पहिलो पटक सँगै देखिँदै निखिल र सौगात, यस्तो बन्यो फिल्म 'संरक्षण

काठमाडौं : एक्सन नायक निखिल उप्रेती र 'हाकु काले'को रुपमा चर्चlत सौगात मल्ललाई सँगै एउटै पर्दामा देख\दा कस्तो होला? निखिल र सौगातलाई सँगै हेर्ने दर्शकको इच्छा अब पूरा हुने भएको छ।

यी दुई नायकले एकसाथ अभिनय गरेको फिल्म संरक्षणको ट्रेलर सार्वजनिक भएको छ। शुक्रबार युट्युमार्फत फिल्म युनिटले संरक्षणको ट्रेलर सार्वजनिक गरेको हो।

ट्रेलरमा निखिल र सौगात दुबैलाई प्रहरीको भेषमा देख्न सकिन्छ। मधेश आन्दोलनको विषयलाई मुख्य कथाबस्तु बनाइएको फिल्ममा निखिल र सौगातसँगै रामेश रन्जन, पूर्व मिस नेपाल मलिना जोशी, आशिष्मा नकर्मी, निर शाह, प्रमोद अग्रहरी, रमेश बुढाथोकी, नन्दर श्रीवास्तव लगायतको अभिनय रहेको छ।

रामेश रन्जन र पुर्णेन्दु झाले लेखेको फिल्मलाई पुर्णेन्दु झाले नै निर्देशन गरेका हुन्। फिल्मलाई पुरुषोत्तम प्रधानले खिचेका हुन् भने सम्पानदन सुरेन्द्र पोडेलले गरेका छन्।

पुर्णेन्दु प्रोडक्सनकव प्रस्तुती रहेको फिल्म आगामी साउन २३ गते रिलिज हुनेछ। फिल्मलाई नरेन्द्र महर्जन, प्रदीप कुमार उदय, नन्द श्रीवास्तव र स्वेता शाहले संयुक्त निर्माण गरेका हुन्।

 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell