PahiloPost

Apr 30, 2026 | १७ बैशाख २०८३

पहिरोले १६ घण्टादेखि अवरुद्ध रहेको मुग्लिन-नारायणगढ सडकखण्ड दुर्इतर्फी खुल्यो



पहिलोपोस्ट

पहिरोले १६ घण्टादेखि अवरुद्ध रहेको मुग्लिन-नारायणगढ सडकखण्ड दुर्इतर्फी खुल्यो

चितवन : पहिरोले अवरुद्ध रहेको मुग्लिन-नारायणगढ सडकखण्ड दुर्इतर्फी खुलेको छ। पहिलो गएको १६ घण्टापछि प्रहरीको सक्रियतामा सडक सुचारु भएको हो।

गएराती इच्छाकामना गाउँपालिका वडा नं-६ स्थित कालीखोलामा खसेको पहिरो पन्छ्याएर सडक संचालनमा आएको प्रहरीले जनाएको छ।

सडक खुलेसँगै सडकमै रोकिएका सयौं सवारी साधन गन्तब्यतर्फ लागेका छन्। गएराती खसेको पहिरोले प्रहरीको भ्यान खोलामा खस्दा दुर्इ प्रहरीको मृत्यु भएको थियो भने दुई प्रहरी जवान अझै वेपत्ता छन्।

प्रहरीले अहिले वेपत्ता भएको प्रहरीको खोजी कार्य सुरु गरेको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell