PahiloPost

Nov 11, 2025 | २६ कात्तिक २०८२

अमेरिका पठाउने भन्दै ठगी गर्ने पक्राउ



रासस

अमेरिका पठाउने भन्दै ठगी गर्ने पक्राउ

उदयपुरः अमेरिकालगायतका देश पठाउने एजेन्ट भएको भन्दै उदयपुरको त्रियुगा नगरपालिका क्षेत्रमा सर्वसाधारणलाई प्रलोभनमा पारेर ठगी गर्ने एक जनालाई प्रहरीले पक्राउ गरेको छ।

आफ्नो स्थायी ठेगानासमेत व्यक्ति पिच्छे फरक÷फरक स्थान बताउने र ठगी गर्दै हिँड्ने ३५ वर्षका सुप्पा तामाङ पक्राउ परेका प्रहरीले जनाएको छ।
तामाङले त्रियुगा नगरपालिका– १२ का सानु श्रेष्ठको ज्वाइँलाई विदेश पठाउने भन्दै पहिला ३५ हजार पेस्की लिएर अन्य व्यक्तिसमेत खोजी दिन भन्दै ठगी गरेको प्रहरीले बताएको छ। 

श्रेष्ठले तामाङको गतिविधिमा शङ्का लाग्न थालेपछि प्रहरीमा निवेदन दिएर पक्राउ गराएपछि तामाङ ठग भएको खुलेको प्रहरी निरीक्षक दवीप्रसाद फागुले बताए। 

तामाङलाई श्रेष्ठको निवेदनका आधारमा प्रहरीले पक्राउ गरेपछि तामाङको साथबाट अमेरिकाको वाशिङ्टन डिसीको नक्कली र तारा एयरलाइन्सको कर्मचारीको नक्कली परिचयपत्रसमेत फेला पारेको प्रहरीले जनाएको छ। रासस 
 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell