PahiloPost

Jun 22, 2026 | ८ असार २०८३

बम विष्फोटबाट पाकिस्तानमा १८ को मृत्यु, १ सय भन्दा बढी घाइते



रासस

बम विष्फोटबाट पाकिस्तानमा १८ को मृत्यु, १ सय भन्दा बढी घाइते
फोटो श्रोतःhindustantimes.com

इश्लामाबादः पाकिस्तानको राजधानी इश्लामावादबाट उत्तरपश्चिममा अवस्थित पाराचीनारमा भएका दुई विष्फोटमा कम्तीमा १८ जनाको मृत्यु भएको छ भने एक सय भन्दा बढी घाइते भएका छन्। 

इद पर्वका लागि सरसामानहरु किन्न व्यस्त भईरहेका बेला भीडमा विष्फोट गराइएको अधिकारीहरुले जानकारी दिएका छन्। 

अर्को विष्फोट केही मिनेटको अन्तरमा पहिलो विष्फोटबाट प्रभावितहरुलाई उद्धार गरेर राखिएको ठाँउमा भएको विभिन्न सञ्चार माध्यमहरुले जनाएका छन्। 

दोस्रो विष्फोट आत्मघाती भएको जस्तो देखिएपनि आधिकारीक पुष्टी भने भइसकेको छैन । 

दुवै विष्फोटमा परी घाइते भएकाहरुलाई सुरक्षाकर्मीहरुले तत्काल उद्धार गरेका थिए। रासस/एएफपी
 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell