PahiloPost

Mar 10, 2025 | २६ फागुन २०८१

जर्जियाको संविधान संशोधन मस्यौदा स्वीकृत



रासस

जर्जियाको संविधान संशोधन मस्यौदा स्वीकृत
फोटो श्रोतःen.trend.az

तबीलिसीः जर्जीयाको संसदले मुलुकको संविधान संशोधनको मस्यौदा प्रस्तावलाई स्वीकृत गरेको छ।
 
मस्यौदामाथि संसदमा भएको मतदानमा कुल १५० सांसदहरु मध्ये ११५ जना सांसदले मस्यौदाको पक्षमा मतदान गरेको स्थानीय इन्टरप्रेस समाचार संस्थाले जनाएको छ। 

मतदान भएको बेला विपक्षी दलका सांसदहरुले भने संसद बैठक बहिस्कार गरेका थिए। 

संसदबाट स्वीकृत मस्यौदामा निश्चित क्षेत्रहरुका लागि संसदीय शासन व्यवस्था लागू हुने उल्लेख गरिएको छ। 

त्यसैगरी, मिश्रित निर्वाचन प्रणाली अपनाउने अर्को महत्वपूर्ण परिवर्तन संविधानमा गर्न लागिएको बताइएको छ। यो व्यवस्था आगामी सन् २०२४ मा हुने संसदीय निर्वाचनमा लागूहुने भएको छ। 

नयाँ व्यवस्थाले मुलुकलाई राष्ट्रपतीय शासन प्रणालीमा लैजाने भएको छ । राष्ट्रपति चयनका लागि प्रत्यक्ष निर्वाचन प्रणाली लागू हुने भएको छ। 

जर्जीयाका प्रधानमन्त्री गिओर्जी कभीरिकाश्भीलीले संशोधन मस्यौदालाई सकेसम्म धेरैको स्वीकार्य बनाउन आह्वान गरेका छन्। 

सवै भन्दा ठुलो प्रतिपक्षी दल युरोपियन जर्जीया पार्टीका नेता डेभिट बाक्राजले दस्तावेजले जर्जीयाको सपनालाई विस्तारै कमजोर बनाउन बताए।

जर्जीयाको सत्तारुढ दल डेमोक्र्याटीक जर्जीयन पार्टीले गत बर्ष भएको निर्वाचनमा ११५ सिटमा जित हासिल गरेको थियो। सो पार्टीले प्राप्त गरेको सिट सङ्ख्याले दुइ तिहाइको समर्थनमा संविधान संशोधन गर्न सिद्धान्ततः पुग्ने अवस्था रहेको छ।रासस/एएफपी
 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell