PahiloPost

Jun 22, 2026 | ८ असार २०८३

ट्याक्टर दुर्घटनामा एक जनाको मृत्यु



रासस

ट्याक्टर दुर्घटनामा एक जनाको मृत्यु

लहानः सिरहाको मिर्चैया नगरपालिका– ३ राघोपुरस्थित डुमरीनहर सडक खण्डमा आज बिहान अनियन्त्रित भई ट्याक्टर दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ। 

स १ त ४७३६ नम्बरको ट्याक्टर अनियन्त्रित भई दुर्घटना हुँदा अन्दाजी १८ वर्षीय युवकको मृत्यु भएको प्रहरीले जनाएको छ। उनको सनाखत हुन सकेको छैन।

मृतकको शव परीक्षणका लागि लहानस्थित रामकुमार सारदा उमाशङ्कर स्मारक अस्पातलमा पठाइएको छ । फरार रहेका ट्याक्टर चालकको खोजी भइरहेको प्रहरीले जनाएको छ। रासस 
 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell