PahiloPost

Jul 29, 2026 | १३ साउन २०८३

खानी विष्फोटमा कोलम्बियामा एकको मृत्यु, १८ बेपत्ता



रासस

खानी विष्फोटमा कोलम्बियामा एकको मृत्यु, १८ बेपत्ता

बोगोटाः  मध्य कोलम्बियास्थित एक खानीमा विष्फोट हुँदा एक जनाको मृत्यु भएको छ भने १८ जना बेपत्ता भएका अधिकारीहरुले जानकारी दिएका छन्। 

उत्तर बोगोटाबाट ९० किलोमिटर उत्तरमा पर्ने कुन्दिनामार्का राज्यको कुकुनुबा सहरमा रहेको खानीमा विष्फोट भएको हो। 

अधिकारीहरुका अनुसार विष्फोटको कारण हालसम्म प्रष्ट भएको छैन। विष्फोटमा परी अन्य दुई जना घाइते भएका छन्।

खानीमा फर्सेका कामदारहरुको उद्दारका लागि प्रयास भइरहेको संकटकालीन व्यवस्थान एकाइका निर्देशक विलसन गर्सियाले बताएका छन् ।रासस /एएफपी 
 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell