PahiloPost

Jul 29, 2026 | १३ साउन २०८३

पहिरोमा परी चीनमा १४१ जना बेपत्ता



रासस

पहिरोमा परी चीनमा १४१ जना बेपत्ता
फोटो श्रोतःindianexpress.com

चेङडुः चीनको दक्षिणपश्चिमी सिचुआन प्रदेशमा शनिबार विहान आएको बाढीपहिरोमा परी १४१ जना बेपत्ता भएका छन्। 

पहिरोले ४६ वटा घर पनि बगाएको प्रदेश सरकारका अधिकारीहरुले जानकारी दिएका छन्। 

उच्च हिमाली क्षेत्रबाट झरेको पहिरोले तिब्बतीयन र क्विङ स्वशासित क्षेत्र हुदै छिन्मो गाँउमा विहान ६ बजेतिर नदी अवरुद्ध भएको थियो। पहिरोले १६ सय मिटर सडक पनि बगाएको छ। 

प्रदेश सरकारले घटनास्थलमा उद्धार तथा राहतका लागि उच्चप्राथमिकताका साथ उद्धारकर्ताहरु परिचालन गरेको छ। 

घटनास्थलमा तीन सयभन्दा बढी एक्साभेटर र उद्धारका विभिन्न साधनहरु पनि पठाइएको सिचुआन प्रदेश सरकारी प्रवक्ता टाङ लिमिनले जानकारी दिए। रासस/सिन्ह्वा 
 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell