PahiloPost

Apr 13, 2026 | ३० चैत्र २०८२

ओलीले भने–दोस्रो चरणको निर्वाचनमा एमाले अझ बढी स्थानमा विजयी हुन्छ



रासस

ओलीले भने–दोस्रो चरणको निर्वाचनमा एमाले अझ बढी स्थानमा विजयी हुन्छ

मोरङ : नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले दोस्रो चरणको स्थानीय तहको निर्वाचनमा एमालेको विजयलाई कसैले रोक्न नसक्ने बताएका छन्।
नेकपा एमाले मोरङको उर्लाबारी नगर कमिटीले शनिबार आयोजना गरेको चुनावी सभालाई सम्बोधन गर्दै अध्यक्ष ओलीले पहिलोचरणको भन्दा दोस्रोचरणको निर्वाचनमा एमाले अझ बढी स्थानमा विजयी हुने दाबी गरे ।

एमालेले राष्ट्रिय स्वाभिमानका लागि राष्ट्रिय झण्डा प्रयोग गरेको भन्दै ओलीले भने,‘राष्ट्रिय झण्डा च्यातिदा चुप लागेर बस्ने अनि एमालेले उठाउँदा आपत्ति जनाउने?’

 निर्वाचनमा एमालेले जित्नेमा कुनै शङ्का नरहेको भन्दै ओलीले उर्लाबारीको समग्र विकासका लागि गुरुयोजना बनाएर एमाले अघि बढ्ने बताए।रासस 
 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell