PahiloPost

Sep 5, 2026 | २० भदौ २०८३

जनलहर कांग्रेसको पक्षमाः सिटौला



रासस

जनलहर कांग्रेसको पक्षमाः सिटौला

झापा :  नेपाली कांग्रेसका नेता कृष्णप्रसाद सिटौलाले दोश्रो चरणको स्थानीय तह निर्वाचनमा नेपाली कांग्रेस पहिलो पार्टी बन्ने दाबी गरेका छन्।

झापाको भद्रपुरमा आज अगुवा कार्यकर्तासँगको भेटमा सिटौलाले जनलहर कांग्रेसको पक्षमा देखिएकाले कांग्रेस पहिलो शक्ति बन्ने दावी गरे। 

सिटौलाले मुलुकको आर्थिक समृद्धि कांग्रेसले मात्र गर्नसक्छ भन्ने जनताले बुझेकाले जनलहर कांग्रेसका पक्षमा बढेको बताए।

आफूलाई योद्धा बताउने तर हराउन पर्दा पछाडि भूमिका खेल्ने कांग्रेस नभएर अन्य दलका एजेन्ट भएको उल्लेख गर्दै सिटौलाले निर्वाचनमा पार्टी हराएर विपक्षी जिताउने खेलमा लाग्नु दूर्भाग्यपूर्ण हुने बताए। सिटौलाले भने, ‘सबै कार्यकर्ता एक ढिक्का हुनुहोस्, जीत सुनिश्चित छ।’ रासस 
 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell